१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बलश्वारा–विचिन्द्रे सडक स्तरोन्नतीमा ढिलाई, स्थानीय आक्रोशित


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७९ , सोमबार

  • बलश्वारा–विचिन्द्रे सडक स्तरोन्नतीमा ढिलाई, स्थानीय आक्रोशित

    बागलुङ, १३ चैत्र– धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोट पुग्ने सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
    सडक निर्माणमा भैरहेको ढिलासुस्तीबिरुद्ध स्थानीयले सरोकार समिति नै गठन गरेर संघर्ष थालेका हुन् । बागलुङ नगरपालिका वडा नं. ६ भान्साको बलश्वारादेखि विचिन्द्रेसम्मको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको हो ।
    आर्थिक बर्ष २०७८÷०७९ मा यो सडकको ८ सय ८ मिटर खण्ड स्तरोन्नती तथा कालोपत्रेका लागि ठेक्का स्म्झौता भएको थियो । २०७९ साल असार मसान्तसम्म काम सक्नेगरी ठेक्का सम्झौता गरेको जुगल विल्डर्स कम्पनीले तोकिएको समयमा सडकको काम नसकेको भन्दै स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
    नगरपालिकाकै संरक्षणमा निर्माण व्यवसायीले काम नगरेको सरोकार समितिका संयोजक गोविन्द प्रसाद शर्माले आरोप लगाए । समितिले उपप्रमुख राजु खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेललाई भेटेर ध्यानाकर्षण गराउँदै समयमै काम नसकिए थप आन्दोलिन हुने चेतावनी दिएको छ ।
    सडकको बिषयमा ध्यानाकर्षण गराउन आएका स्थानीयलाई उपप्रमुख राजु खड्काले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । जुगलले नगरका अन्य आयोजनाहरुमा समेत काम गरिरहेकाले उक्त सडकको काम नसके अन्य आयोजनाहरुको बिषयमा समेत विचार गर्ने खड्काले बताए ।
    नगरपालिकाले निर्माण कम्पनीका प्रतिनिधि प्रतिप गौतमलाई स्थानीय उपभोक्ता बीच राखेर समयमा काम सक्ने प्रतिबद्धता जनाउन लगाएको छ । गौतमले थप भएको असार मसान्तसम्म सडकको काम सकिने गौतमले प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend