१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

३ दशकपछि बाटुलेचौरको कालिका मन्दिरमा चैतेदशैँ मेला


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७९ , बुधबार

  • ३ दशकपछि बाटुलेचौरको कालिका मन्दिरमा चैतेदशैँ मेला

    पर्वत, १५ चैत्र– जिल्लाको कुश्मा नगरपालिका–१२ बाटुलेचौरस्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो ।
    चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बली दिने, भजनकीर्तन लगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिए ।
    राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयबासीको भनाई छ । भृगु ऋषिको तपस्या स्थलसमेत मानिने मन्दिरमा रहेका विभिन्न सम्पदाको संरक्षण नहुँदा चोरी भएका छन् ।
    पछिल्लो समय मन्दिरको संरक्षण र संवद्र्धनमा व्यवस्थापन समितिले समेत सक्रियता देखाएको छ । करिब दुई सय वर्ष पुराना संरचना भएको भए पनि १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गरेपछि नियमित पूजा हुँदै आएको मन्दिरमा देशका विभिन्न जिल्लाबाट पूजाआजा गर्न दर्शनार्थी पुग्ने गर्दछन् ।
    तीन दशकअघिसम्म चैतेदेशैँ र बडादशैँको अवसरमा ठूलो मेला लाग्दथ्यो । लोप हुँदै गएको मेला मन्दिर परिसरको व्यवस्थापन, साजसज्जा, बरपिपल वृक्षारोपण गरिएपछि सुरु गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend