१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

आज चैतेदशै, बागलुङ कालिका मन्दिरमा भक्तजनको घुईचो


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७९ , बुधबार

  • आज चैतेदशै, बागलुङ कालिका मन्दिरमा भक्तजनको घुईचो

    बागलुङ, १५ चैत्र– आज चैत शुक्ल अष्टमी, अर्थात् चैतेदशैं । आज देवीको पूजा उपासना गर्दै चैतेदशैं मनाईंदै छ ।
    असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशंैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैतेदशैं भनिन्छ ।
    आज घर घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ ।
    दशैमा बागलुङको कालिका मन्दिर, काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
    चैत्राष्टमीको दिन कालीका भगवती गुठी व्यवस्थापन समिति बागलुङले भक्तजनलाई सहजै पूजा गर्ने वातावरणका लागि मन्दिरका ३ ढोका खोलेर तीन लाइनमा पूजाको व्यवस्थापन गरेको अध्यक्ष कुमार खड्काले बताए ।
    मेलामा खासगरी नाङला, डाला, ठेका तथा घरेलु हतियार बिक्री गरिन्छ । चैते दसैंमा सयौं पञ्चवलि आउने गर्छन् । यो पटकको नवमीसम्ममा कम्तीमा २० लाख भक्तजन आउन सक्ने गरी व्यवस्थापनको तयारी भएको खड्काले बताए । चैते दसैंका अवसर पारेर गुठीले खुला भलिबल र लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरेको छ ।
    पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग १५९१ सालमा विवाह गर्दादेखि कालिका मन्दिर बनाइएको इतिहास छ । राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । राजकुमारी कालिका देवीको भक्त भएकाले उनले कालिकाको प्रत्यक्ष दर्शन पनि पाउने गरेको जनश्रुति रहेको संस्कृतिविद् प्राज्ञ प्रेमछोटा बताउँछन् । कालिका देवीलाई माझकी काली, देवी माइस्थानलगायत नामले चिनिँदै हालको बागलुङ कालिकाको नाममा रूपान्तरण भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend