बागलुङ, १६ चैत्र– लियो क्लब अफ बागलुङ कालीगण्डकीले यस बर्षको चैतेदशैं रामानुज आश्रमका बृद्धबृद्धासँग मनाएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको क्लबले आश्रममा पुगेर बिबिध कार्यक्रम गरी चैते दशैं मनाएको हो ।
बागलुङ नगरपालिका–१ निरयमा रहेको रामानुज आश्रममा रहेका बृद्धबृद्धालाई आवश्यक फलफुल तथा खाद्यान्न वितरण र आश्रम स्थलमा सरसफाई गरेर चैते दशैं मनाएको क्लवका अध्यक्ष सुगम खड्काले बताए । क्लवका सदस्यहरुबाट स्वस्फुर्त संकलन भएको रकमबाट आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरिएको हो ।
चैते दशैं जस्तो पर्व आश्रममा रहेका बृद्धबृद्धासँग मनाउन पाएकोमा क्लवका पदाधिकारीले खुसी व्यक्त गरेका थिए । उनीहरुले आश्रमस्थलमा रहेको फोहो र झाडी फाँडानी लगायतका सरसफाईका काम गरेका थिए ।