बागलुङ, २१ चैत्र– बागलुङ नगरपालिका १० भकुण्डे स्थित भैरव माबिमा शैक्षिक गुणस्तर बृद्धि र व्यावसासायिक तथा प्राविधिक बिषयक २ दिने शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले युग सुहाउँदो व्याव्हारिक र गुणस्तरिय शिक्षा लागु गर्नका लागि सबैको ध्यान जानुपर्ने बताउँदै नगरपालिकाले शुरु गरेको बालमैत्री अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
बिद्यालयका प्रधानाध्यापक किसनप्रसाद सापकोटाले बिद्यालयको प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा वडा अध्यक्ष दिलबहादुर थापा, स्थानिय अगुवा उदित थापा मगर र बसन्त थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा एमबिबिएस अध्ययन गर्नका लागि पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल अनामिका सुनारलाई सम्मान गरिएको बिद्यालयले जनाएको छ । २ दिने अन्तरक्रियाबाट कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नेे, कक्षा ११ र १२ मा पर्यटन सम्बन्धी बिषय समावेस गर्ने लगायतका निर्णय भएको प्रधानाध्यापक किसनप्रसाद सापकोटाले जानकारी दिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षता र बिद्यालयका शिक्षक ठगेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।