१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

प्रकृतिलाई खुसी बनाउन बेग, बाँदुक र चिमखोलामा ‘भुमे पूजा’


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७९ , बिहिबार

  • प्रकृतिलाई खुसी बनाउन बेग, बाँदुक र चिमखोलामा ‘भुमे पूजा’

    म्याग्दी, २३ चैत्र– जिल्लाका मगर समुदाय प्रकृतीलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगरबस्ती मौलिक सांस्कृतिकले उत्सवमय बनेको छ ।
    रघुगंगा गाउँपालिकाको बेग, बाँदुक, चिमखोलामा मंगलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मंगलबारका दिन परम्परागत रूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन् ।
    खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जंगल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरिएको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए ।
    पाइजाका अनुसार, बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको छ ।
    चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ । चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङस्थित भूमे थानमा मनोकामना पूरा हुने विश्वासले म्याग्दीका विभिन्न ठाउँबाट भक्तजन आएका थिए ।
    भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने प्रचलन रहेको छ । मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवल चढाएर पूजा गर्छन् । मन्डली थानको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष पूजा गर्न आउनेको संख्या बढेको थान संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend