१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

मेलमिलाप नीतिप्रति चासो कम, अधिकांश मुद्दा अदालती प्रक्रियामै


जनमञ्च संवाददाता
  • २५ चैत्र २०७९ , शनिबार

  • मेलमिलाप नीतिप्रति चासो कम, अधिकांश मुद्दा अदालती प्रक्रियामै

    बागलुङ, २५ चैत्र– बिबाद समाधानको महत्वपूर्ण र राम्रो माध्यम भएपनि मेलमिलाप प्रक्रिया असफल भैरहेकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
    बागलुङ नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धी तालिम समापनको अबसरमा बोल्दै सरोकारवालाले भने, ‘वडा वडामा मेलमिलापकर्ता सूचिकृत भएर बिबाद समाधानका काम थालेमा अदालतमा आउने मुद्दा कम हुने र मेलमिलाप संस्कृतिको बिकास हुन्छ ।’
    कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा, बागलुङ इजलासकी न्यायाधिस निलम पौडेलले मेलमिलापको दर बढाउनुपर्ने बताइन् । ‘कैयौं मुद्दाहरु मेलमिलाप भैदिए हुन्थ्यो भनेर पठाउँछौ, तर दुर्भाग्य सफल भएका छैनन्’ पौडेलले भनिन् ।
    अदालतको प्रक्रिया लामो र खर्चिलो भएकोले मेलमिलापलाई प्रभावकारी बनाउने लक्ष राखिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनले नपुगेका प्रक्रिया पु¥याउने र सोहीअनुसार न्याय निरुपण गर्ने लक्षले तालिम संचालन गरेको बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं. ११ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य ज्ञानेन्द्र गौतम, तालिमकी प्रशिक्षक ममतादेवी शर्मा, सहभागिहरु शोभा केसी र टिकाराम शर्मा लगायतले धारणा राखेका थिए ।
    समाजमा सद्भाव फैलाउन मेलमिलाप गर्ने भनिएपनि अधिकांस मुद्दामा पक्षहरुले अदालत जाने चाहना राख्ने र मेलमिलापकर्ताले पनि मिलाउन नसक्दा अदालती प्रकृयामै जाने गरेका हुन् । विश्वमा कतिपय देशमा धेरै सफल उदाहरण भएर पनि मेलमिलापलाई नेपालमा अझै प्रभावकारी बनाउन नसकिएको सरोकारवालाको धारणा थियो ।
    तालिममा बागलुङ अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारी, पूर्व वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा र पत्रकार प्रकाश बरालले सहजीकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend