१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा


जनमञ्च संवाददाता
  • २८ चैत्र २०७९ , मंगलबार

  • एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

    म्याग्दी, २७ चैत्र– रघुगंगा गाउँपालिका वडा नं. २ र ३ मा रहेका तीन माध्यमिक विद्याललयबाट एसइई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ ।
    सिंगापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
    पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही १० हजार र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही पाँच हजार नगद पुरस्कार दिने घोषणा गरिएको हो ।
    यस वर्षको एसइई परीक्षामा रघुगंगा माविबाट २५, मुक्तिधाम माविबाट ७१ र ज्ञानोदय माविबाट १९ जना परीक्षार्थी सहभागी छन् । शाहीले यसअघि रघुगंगा माविमा आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend