१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

शालिग्रामको महत्व दर्शाउन महोत्सव हुने


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७९ , बिहिबार

  • शालिग्रामको महत्व दर्शाउन महोत्सव हुने

    बागलुङ, ३० चैत्र– पछिल्लो समय दोहनले कुरुप बनेको कालीगण्डकी नदी र कालीगण्डकीमा पाइने शालीग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालीग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न शालग्राम महोत्सवको तयारी गरिएको हो ।
    बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालग्राम संग्राहलय व्यवस्थापन समिति लगायत धार्मिक संस्थाहरुको अगुवाइमा महोत्सव हुने ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।
    महोत्सवमा कालीगण्डकी नदी र शालीग्रामको महत्व दर्शाउन बिभिन्न क्रियाकलाप संचालन गरिने छ । प्रपन्नाचार्यका अनुसार, नदी सभ्यता र शालीग्रामको संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालीग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन मेला गर्न लागिएको हो ।
    बैसाख ११ देखि १५ गतेसम्म संचालन हुने महोत्सवमा कालीगण्डकी र शालीग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र रत्यौलीको माध्यमबाट प्रष्ट बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि स्थानीयसहित बिभिन्न धार्मिक स्थलबाट आउने भक्तजन र धार्मिक अगुवाहरुको सहभागिता रहने उनले जानकारी दिए ।
    झण्डै साँढे ६ करोड लागतमा बनाइएको भूमिगत शालीग्राम संग्राहलयमा १ लाख १५ हजार शालीग्राम संग्रह गरिएको छ । संग्राहलय निर्माणपछि शालीग्रामको महत्वबारे धेरैले बुझ्ने अबसरसमेत पाएका छन् । संग्राहलयमा दैनिक दुइ सयदेखि ५ सय धार्मिक पर्यटकहरु आउने गरेको बताइएको छ ।
    ‘नदीमा लोप हुन लागेकोले शालीग्रामको संग्राहलय बनाउनुप¥यो’ ऋषि प्रपन्नाचार्यले भने, ‘अब कालीगण्डकी बचाउन सकिएन भने शालीग्रामको अस्तित्व नै लोप हुनेछ । नदी किनारका ठूला ढुंगासमेत फोडेर सकिएकोले अब नदी सभ्यता पनि लोप हुने भयो ।’ नदीको सभ्यता जोगाउन र वातावरण संरक्षण गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए ।
    महोत्सवमा शालीग्रामको गौरवगाथा बिषयक कवि गोष्ठी, कालीगण्डकी र शालीग्रामको काब्यव्यथा बिषयक रत्यौली, आत्यात्मिक प्रवचन, शालीग्रामकै महिमा बिषयक भजन, झाँकी र नृत्य तथा प्रवचन, कालीगण्डकी र शालीग्रामको कथाव्यथा बिषयक आध्यात्मीक दोहोरी र प्रवचनम समावेश गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend