१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

‘संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन राजनीतिक दलमा इच्छाशक्ती नै भएन’


जनमञ्च संवाददाता
  • १ बैशाख २०८० , शुक्रबार

  • ‘संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन राजनीतिक दलमा इच्छाशक्ती नै भएन’

    बागलुङ, १ बैशाख– संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन नसक्दा सशष्त्र द्वन्द्वका पीडितले सधै न्यायको नाममा पीडित हुनुपरेको सरोकारवालाले बताएका छन् ।
    मानवअधिकार तथा शान्ति समाज बागलुङ शाखाले बिहिबार आयोजना गरेको ‘लोकतन्त्रको १७ बर्ष, संक्रमणकालिन न्याय अलपत्र’ बिषयक अन्तरक्रियामा सहभागीले संक्रमणकालिन न्याय टुंगोमा पु¥याउन राजनीतिक दलमा इच्छाशक्ती नभएको टिप्पणी गरेका थिए ।
    राजनीतिक पद पुरा गर्न एक दिन ढीला नगर्नेहरुले संक्रमणकालिन न्यायलाई निष्कर्षमा लैजाने र द्वन्द्व पीडितलाई परिपुरण दिलाउन वास्ता नगरेको आरोप उनीहरुको छ । ‘जबसम्म ठूला दलहरुका शिर्ष नेताहरुको हातमा शासन र शक्ती रहन्छ, तबसम्म यस्ता समस्या समाधान हुँदै्नन्’ एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले भने, ‘शासनमा पुगेपछि हरेकले पीडितको पीडा भुल्छन् ।’ उनले पीडितलाई न्याय दिन सके राज्यको आर्थिक र सामाजिक बिकास हुने बताए ।
    कार्यक्रममा कांग्रेस सचिव हरिहर शर्माले संक्रमणकालिन न्यायलाई निष्कर्षमा लैजाँदा अन्तराष्ट्रिय समुदायले हेर्ने दृष्टीकोण सकारात्मक हुने भन्दै समयमा काम नगरेकै कारण अन्तरािष्ट्रय बजारमा नेपालको नाम बदनाम भएको बताए । सो अबसरमा द्वन्द्वका पीडितले न्याय नपाएकोले सधैं पीडा देखाएर हिंड्न बाध्य भएको गुनासो गरेका थिए ।
    शान्ति समाज बागलुङका सभापति निलकण्ठ शर्माको अध्यक्षता, कोषाध्यक्ष नवराज परियारको संचालन र सचिव फडिन्द्र आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष राजिब घिमिरे, नेकपा एसका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पोखरेल, नेकपा बहुमतका इन्चार्ज दलसिंह खत्री, नेकपा बिप्लबका महेन्द्र घर्ती, बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, अधिवक्ता राम शर्मा, मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मी जिसी कार्की, द्वन्द्वपीडित बद्रीबहादुर केसी र साबित्री खड्का, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य, इन्सेक प्रतिनिधि सिर्जना पन्त लगायतले धारणा राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend