१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बर्खा नलाग्दै तोराखेत गाउँ पहिरोको त्रासमा


जनमञ्च संवाददाता
  • २ बैशाख २०८० , शनिबार

  • बर्खा नलाग्दै तोराखेत गाउँ पहिरोको त्रासमा

    प्रतिकात्मक तस्बिर

    म्याग्दी, २ बैशाख– पहिरोका कारण चिराचिरा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्ली तोराखेत गाउँमा बस्छन् ३२ घरका डेढ सय परिवार । बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो ।
    दुई दशकमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरेपनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोड्न मानेनन् । गाउँमा रहेका उनीसहित ३२ घरपरिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ ।
    २०५८ देखि खस्न सुरु गरेको पहिरोले बर्सेनि उग्ररूप लिँदै गएकाले स्थानीय तहको बजेटले पहिरो नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवाला बताउँछन् । पहिरो नियन्त्रणका लागि पहल भइरहँदा उच्च जोखिममा परेका तोराखेतका १७ र बगरफाँटका ४ घरपरिवार विस्थापित भएका छन् ।
    २०७२ को भूकम्पले जमिनको सतह खल्बल्याएकाले उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताए । तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको जमिनको दर्जनभन्दा बढी ठाउँमा चिरा परेको छ ।
    माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनीनगरपालिका वडा नं. २ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
    पहिरो नियन्त्रण र भूअध्ययनका लागि केन्द्रबाट विशेषज्ञको टोली ल्याएर निरीक्षण गराउँदा कमजोर र भिरालो भूबनोटका कारण पहिरो नियन्त्रण गर्न स्थानीय प्रयासले सम्भव नहुने सुझावपछि जेखिमका बासिन्दालाई वैकल्पिक ठाउँको व्यवस्थापनतर्फ लागेको भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend