बागलुङ, ३ चैत्र– लडेर घाइते भएकी बागलुङको गलकोट नगरपालिका–५ की मनरुपा दर्जी ‘साईली’को उपचारका लागि गलकोटबाट जापान गएका युवाले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
केही समयअघि लडेर खुट्टा भाँचिएपछि मनरुपाको पोखरामा उपचार भएको थियो । तर, निरन्तर उपचार गर्नुपर्ने र मजदुरी गरेर खानुपर्नेलाई काम गर्न अप्ठ्यारो भएपछि रोजगारीका लागि जापानमा रहेका युवाले रकम पठाइदिएका हुन् ।
यसअघि वडा अध्यक्ष पवन हमालको नेतृत्वमा संकलित रकमले उनको प्रारम्भिक उपचार गरिएको थियो । युवाले पठाएको रकम शनिबार हमालले पीडितलाई हस्तान्तरण गरेका छन् । पीडितलाई लामो समयसम्म औषधि खानुपर्ने भएपछि आर्थिक अभाव भएको थियो ।