१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

संघीय निजामति सेवा ऐनको मस्यौदा विधेयक सच्याउन माग


जनमञ्च संवाददाता
  • ७ बैशाख २०८० , बिहिबार

  • संघीय निजामति सेवा ऐनको मस्यौदा विधेयक सच्याउन माग

    बागलुङ, ७ बैशाख– निजामति कर्मचारीका टे«ड युनियनहरुले संघीय निजामति सेवा ऐनको मस्यौदा विधेयक सच्याउन माग गरेका छन् ।
    जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रियस्तरका ट्रेड युनियनबाट पेश गरेको सुझाव समेटी संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न माग गरेका हुन ।
    उनीहरुले सरकारसँग २१ बुद्दे माग अघि सारेका छन् । सरकारले विधेयक सहमतीको लागि अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएकोप्रति टे«ड युनियनले गम्भीर ध्यानाकर्षण भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
    निजामती प्रशासनलाई संघीय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्नु पर्ने उनिहरुको माग रहेको छ ।
    संघीय निजामती सेवामा हाल भएको श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरण गर्नुपर्ने, समायोजन हुदाका बखत तह वृद्धि नपाएका कर्मचारीहरुको हकमा ऐन बमोजिम तह वृद्धि गरिने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend