१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

डढेलोले बागलुङमा ४५० हेक्टर वन सखाप


जनमञ्च संवाददाता
  • ९ बैशाख २०८० , शनिबार

  • डढेलोले बागलुङमा ४५० हेक्टर वन सखाप

    बागलुङ, ९ बैशाख– सुक्खायाम सुरु भएसंगै बागलुङको करिव ४ सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायीक वनमा आगलागी भएको हो ।
    गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठूरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले २ सय हेक्टर वनक्षेत्र मासेको डिभिजन बन कार्यालय बागलुङको तथ्यांक छ ।
    माघदेखि सुरु भएको आगलागीको श्रृंखला रोकिएको छैन । बस्ती नजिकैका सामुदायीक तथा नीजि आवादी वनक्षेत्र र सामुदायीक तथा राष्ट्रिय वनमा आगलागी भैरहेको डिभिजन वन अधिकृत मुकुन्द प्रसाद अधिकारीले बताए । जानी–जानी वा दुर्घटनावश बिहिबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्यांक छ । केही तथ्यांक भने आउनै बाँकी छ ।
    यो बर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका ६ सामुदायीक वन र एक राष्ट्रिय वनमा आगलागी भएको हो । जैमिनीका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटनका एक÷एक वनमा आगलागी भएको छ ।
    गत बर्ष हिउँदमा बर्षा हुँदा बागलुङका बन क्षेत्रमा आगलागी भएको थिएन् । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यो बर्ष हिउँद सुख्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको अधिकारीले बताए ।
    डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरणहरु उपलब्ध गराउने लगायतका काम गरिएको अधिकारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend