१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

३० लाख खर्चेर ताकमकोतमा हनुमानको मूर्ति स्थापना


जनमञ्च संवाददाता
  • ११ बैशाख २०८० , सोमबार

  • ३० लाख खर्चेर ताकमकोतमा हनुमानको मूर्ति स्थापना

    म्याग्दी, ११ बैशाख– धवलागिरि गाउँपालिका वडा नं. ७ मा स्थित ऐतिहासिक ताकमकोतमा करिब ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ ।
    धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।
    मूर्ति स्थापनाका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा तीन लाख ५० हजार विनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि २९ लाख २७ हजार पाँच सय खर्च भएको र दाताबाट २४ लाख ४० हजार सहयोग जुटेको छ ।
    अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । सुवेदीका अनुसार दाताले घोषणा गरेको थप ७ लाख २६ हजार एक सय ११ प्राप्त हुन बाँकी छ ।
    यस्तै, कोतमन्दिर परिसरमा ताकमका विकास र आकाश केसीको पहलमा खत्री परिवारले पितृ उद्धारका लागि प्रवेशद्धार निर्माण गरेको छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि ८० लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो ।
    सोह्रौँ शताब्दीमा निर्मित ताकमकोत भूकम्पका कारण जीर्ण बनेको थियो । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend