१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बागलुङका सरकारी कार्यालयले बिदामा पनि सेवा दिने


जनमञ्च संवाददाता
  • १३ बैशाख २०८० , बुधबार

  • बागलुङका सरकारी कार्यालयले बिदामा पनि सेवा दिने

    बागलुङ, १३ बैशाख– जिल्ला प्रशासन कार्यालयसहित १३ सरकारी कार्यालयले सार्वजनिक विदाको दिन पनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
    कार्यालयका अनुसार यो बर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते (उभौली पर्व, बुद्ध जयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते क्रिसमस डे को दिनमा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यी सबै दिन सार्वजनिक बिदा छन् ।
    त्यस्तै, पुस १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ को तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए । फागुन १ गते (जनयुद्ध दिवस), फागुन ७ (प्रजातन्त्र दिवस), फागुन २५ (महाशिवरात्री), फागुन २८ (ग्लोल्पो ल्होसार÷बकर इद) को दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ ।
    जिल्ला प्रशासन, प्रहरी, आन्तरीक राजश्व, पर्यटन, मालपोत, नापी र जिल्लामा रहेका सबै स्थानीय तहका कार्यालय, भेटेरीनरी अस्पताल, खानेपानी डिभिजन, विद्युत वितरण केन्द्र र यातायात व्यवस्था कार्यालयलाई शनिबार बाहेकका सार्वजनिक बिदाका दिन समेत सेवा प्रवाहका लागि निर्देशन दिईएको बरालले बताए ।
    बैंक तथा बित्तिय संस्थाहरु, अस्पताल तथा क्वारेन्टाईनहरु र अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयलाई सरकारले गरेको निर्णय अनुसार गर्न भनिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend