१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बरेङले नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने


जनमञ्च संवाददाता
  • १५ बैशाख २०८० , शुक्रबार

  • बरेङले नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने

    बागलुङ, १५ बैशाख– बरेङ गाउँपालिका गाउँ कार्यपालिका नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
    गाउँ कार्यपालिकाले आर्थिक वर्ष २०७९÷०८० को शिक्षा तर्फको निति तथा योजना कार्यक्रम अनुसार सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने कुनै एक विद्यालयलाई गाउँपालिका स्तरीय नमूना विद्यालयका रुपमा स्थापना गर्न कार्यक्रम संचालन गर्ने भएको हो ।
    नमूना विद्यालय छनौट तथा सञ्चालन कार्यविधि २०७९ कार्यपालिकाबाट स्वीकृत निमानुसार हुने शिक्षा शाखा प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिए । छनौटका लागि कक्षा ९ देखि कक्षा १२ सम्म सञ्चालित माध्यामिक विद्यालयसंग प्रस्तावना माग गरिएको शर्माले बताए ।
    छनौट भएका विद्यालयहरुमा यस कार्यक्रम अन्तरगत परम्परागत सिपहरु जस्तै गुन्द्री बुन्ने, डोको नाङलो बुन्ने, पाककला जस्ता लोप हुन लागेका स्थानीय परम्परागत सिप विद्यार्थीलाई सिकाइने भएको छ ।
    त्यस्तै प्राविधिक तथा व्यवसायिक सिप अन्तरगत कम्प्युटर, मोबाईल मर्मत, हेयर कटिङ, हाउस वायरिङ आदि सिपहरु सिकाइने गरी प्राविधिक शिक्षाको व्यवस्था गरिने शाखा प्रमुख शर्माले बताए ।
    कार्यक्रमबाट विद्यार्थीहरुले सैद्धान्तिक शिक्षाको अतिरिक्त परम्परागत मौलिक सिपका साथै व्यावहारिक र प्राविधिक शिक्षा हासिल गर्ने अवसर प्राप्त हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताए । यस कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा १० लाख रुपैंया वजेट विनियोजन गरिएको रानाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend