कालिका भगवती मन्दिरमा दशनार्थीबाट चढेको भेटी संकलन गर्दै गुठीका कर्मचारी । तस्बिर : रामकृष्ण बोहरा/जनमञ्च
बागलुङ, १६ बैशाख– कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो ।
मेलामा ३२ लाख ९८ हजार ९ सय ६३ रुपैयाँ खर्च र ३५ लाख ८६ हजार ९५ रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
मेलाका अवसरमा राष्ट्रिय लोक दोहोरीगीत, कालिका कप खुल्ला भलिबल, छेलो लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो । अध्यक्ष खड्काका अनुसार अझै विभिन्न सहयोगदाताबाट ९ लाख चार हजार २ सय ९४ रुपैयाँ उठ्न बाँकी रहेको छ ।