१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

मौसम सुधार हुन अझै केही दिन लाग्ने


जनमञ्च संवाददाता
  • १७ बैशाख २०८० , आइतबार

  • मौसम सुधार हुन अझै केही दिन लाग्ने

    काठमाडौं, १७ बैशाख– केही दिनदेखि मौसम बदली भई ठाउँ ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविद्हरूले बताएका छन् ।
    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ । आज देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ ।
    सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई-मधेशका एक-दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
    मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend