१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

रुद्रेपीपलका २७ विद्यार्थीलाई छात्राबृत्ति


जनमञ्च संवाददाता
  • १८ बैशाख २०८० , सोमबार

  • रुद्रेपीपलका २७ विद्यार्थीलाई छात्राबृत्ति

    बागलुङ, १८ बैशाख– बागलुङ नगरपालिका–२ स्थित रुद्रेपिपल माध्यमिक विद्यालयले एल.केजी.देखि कक्षा १० सम्मका २७ जना जेहेन्दार तथा विपन्न परिवारका छात्रछात्रालाई छात्राबृत्ति वितरण गरेको छ ।
    एकबर्ष पुग्नेगरी विद्यालयले शैक्षिक सामग्री छात्राबृत्ति स्वरुप वितरण गरिएको प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए । ‘यो विद्यालयको नियमित प्रकृया हो, हामीसँग धेरै दाताहरुले अक्षयकोष स्थापनाको कुरा गर्नुभएको छ, अबको एकदुई बर्षमा हामीसँग सबै विद्यार्थीले छात्राबृत्ति पाउने वातावरण बन्छ’ श्रेष्ठले भने ‘अहिले समस्या भएका विद्यार्थीलाई मात्रै छात्राबृत्ति दिएका छौं ।’
    विद्यालयले नेपानी हेरिटेज च्यारीटि फाउण्डेसन क्यानाडाको सहयोगमा छात्राबृत्ति बाँडेको हो । एक लाख ८ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री विद्यार्थीहरुलाई बाँडिएको श्रेष्ठले जानकारी दिए । विद्यालयले बेला बेलामा उपलव्ध गराउने छात्राबृत्ति लगायतका सुविधाका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सदरमुकाममा रहेका नीजि विद्यालयहरुमा जस्तै रुद्रेपीपलले अंग्रेजी माध्याममा पठनपाठन गराउँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend