१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

राष्ट्रिय धुन बजेपछि बानपाले काम थाल्ने


जनमञ्च संवाददाता
  • १८ बैशाख २०८० , सोमबार

  • राष्ट्रिय धुन बजेपछि बानपाले काम थाल्ने

    बागलुङ, १८ बैशाख– बागलुङ नगरपालिकाले हरेक दिन बिहान कार्यालयमा राष्ट्रिय धुन बजाएपछि मात्रै काम थाल्ने भएको छ । हरेक दिन बिहान १० बजे राष्ट्रिय धुन बजाउने र काम थाल्ने व्यवस्था आइतबारदेखि शुरु भएको हो ।
    ‘खेलका बिश्वकपदेखि अन्तराष्ट्रिय सम्मेलनमा पनि राष्ट्रिय धुन बनाएर काम थालिन्छ भने हामीले किन नगर्ने’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘राष्ट्रिय धुनले हरेक जनप्रतिनिधि र कर्मचारीमा उर्जा प्रदान गर्छ ।’ राष्ट्रियता र जनताको पक्षमा काम गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कामको थालनी गरेको उनले बताए ।
    आइतबार आयोजित एक कार्यक्रममा धुन बनाएर कामको थालनी भएको जानकारी नगरप्रमुख श्रेष्ठले गराएका थिए । उक्त अबसरमा उपप्रमुख राजु खड्काले काम गर्ने जोश र जाँगर भर्न राष्ट्रिय गीत बजाउने चलन उपयोगी बन्ने बताए । उनले इमान्दारिता र राष्ट्रलाई साथमा राखेर काम गर्ने अबसर दिने बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले केही समयअघि नै यो बिषयको परिकल्पना भएपनि ढिलागरी प्रयोगमा ल्याइएको बताए । उनले हरेक कर्मचारीले मुस्कान सहितको सेवा दिनुपर्ने धारणा राखे । ‘काम नभएर रिसाएका सेवाग्राहीलाई कामसँगै मुस्कानले खुसी पार्नुपर्छ’ सापकोटाले भने, ‘सबैको भलो चाहेर काम गरे आँफूलाई पनि भलो हुनेछ ।’ राज्यको सेवा सुविधाबाट कोही बञ्चित हुने काम गर्न नहुने र राष्ट्रिय धुनले दिनभर काम गर्ने उर्जा र राष्ट्रियताको भावना विकास हुने धारणा राखे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend