१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

‘नसुन्नेका सुन्नुपर्ने कुरा’ अब पुस्तकमा


जनमञ्च संवाददाता
  • १९ बैशाख २०८० , मंगलबार

  • ‘नसुन्नेका सुन्नुपर्ने कुरा’ अब पुस्तकमा

    बागलुङ, १९ बैशाख– धौलागिरि बहिरा आबासिय बिद्यालयको ऐतिहासिक दस्तावेज शिक्षामा बहिरा नामक पुस्तक प्रकाशन गरेको छ ।
    ‘नसुन्नेका सुन्नुपर्ने कुरा’ भन्ने अभियानका साथ बिद्यालय स्थापनादेखि अहिले सम्मका बिषय, बहिरा र अपांगता क्षेत्रका लेख रचना समावेश भएको पुस्तक प्रकाशन गरिएको हो । उक्त पुस्तक नेपालकै बहिरा क्षेत्रको अध्ययन अनुसन्धानकालागि उपयोगी सन्दर्भ सामाग्री हुने बताइएको छ ।
    सोमबार आयोजित बिशेष समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पुस्तकको बिमोचन गरे । उनले उक्त अबसरमा अपागता भएका नागरिकको अधिकार रक्षा र उनीहरुलाई आत्मनिर्भर बनाउने काममा स्थानीय सरकारले काम गर्ने बताए । उनले अपांगता भित्रपनि बहिराहरुले अन्तराष्ट्रिय भाषा जानेको भन्दै यो भाषाको संरक्षणमा पनि साथ दिने बताए । बहिरा बिद्यालयमा नर्स तथा शिक्षक दरबन्दी पुरा गर्न पनि नगरले साथ दिने धारणा राखेका थिए ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, शिक्षा बिकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दिल शिरिष र बहिराको उपचारमा आएकी बिदेशी नागरिक समेतले अपांगतालाई अबसरमा बदल्नुपर्ने धारणा राखेका थिए ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षता, प्रअ रेशम श्रीषको स्वागत र अर्की शिक्षक साबित्री थापाको संचालनमा सम्पन्न भएको थियो ।
    पत्रकार दिल शिरिषको नेतृत्वमा बिद्यालयले दाताको लगानीसमेत थपेर ६ लाख रुपैयाँमा पुस्तक प्रकाशन गरेको हो । यो पुस्तकमा शिक्षाध्यक्ष महाश्रम शर्मादेखि बिद्यालयका शिक्षक, पूर्व शिक्षक र अपांगता क्षेत्रमा क्रियाशिल सबैको लेख रचना अटाएको छ । बहिरा बिद्यालयले माध्यामिक सहित सिटिइभिटिको ३ बर्षे कम्प्युटर इन्जिनियरिङ कक्षा समेत संचालन गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend