१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

शालग्राम महोत्सवबाट ७ लाख बढी बचत


जनमञ्च संवाददाता
  • १९ बैशाख २०८० , मंगलबार

  • शालग्राम महोत्सवबाट ७ लाख बढी बचत

    बागलुङ, १९ बैशाख– बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा आयोजित शालग्राम महोत्सवबाट ७ लाख ९५ हजार ८ सय ९६ रुपयाँ बचत भएको छ ।
    बैशाख ११ गतेदेखी १५ गतेसम्म संचालित महोत्सवमा १४ लाख ९३ हजार ७ सय २१ रुपैयाँ आम्दानी र ६ लाख ९७ हजार ८ सय २५ खर्च भई ७ लाख ९५ हजार ८ सय ९६ रुपैयाँ बचत भएको कोषाध्यक्ष बिदुर शर्माले जानकारी दिए ।
    महोत्सवमा खाद्यान्नतर्फ १ लाख १० हजार, वाद्यबादनमा ९० हजार, टेण्टमा ८५ हजार, प्रचारप्रसारमा ३३ हजार, अतिथि सत्कारमा ३१ हजार ५ सय, सम्मानमा ४४ हजार, दान दक्षिणा र कलाकारका लागि ३१ हजार ५ सय, फलफुल तरकारीतर्फ ३३ हजार ५ सय २५ गरी ६ लाख ९७ हजार ८ सय २५ रुपैयाँ खर्च भएको छ ।
    पछिल्लो समय लोप हुँदै गएको शालग्राम संरक्षण गरेर राखिएको संग्राहलयको प्रचारप्रसार, कालिगण्डकीको संरक्षण गर्दै धार्मिक पर्यटक आमन्त्रण गर्नका लागि महोत्सव आयोजना गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend