बागलुङ, १९ बैशाख– नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समितिका पदाधिकारी तथा सदस्यको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । इश्वर ठाकुर पौडेलको अध्यक्षतामा सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई ७ औं जिल्ला अधिवेसनका मुख्य निर्वाचन अधिकृत भुमिश्वर शर्मा गौतमले पदस्थापन गराएका थिए ।
७ औं जिल्ला अधिवेसनले ट्रेड युनियन काँग्रेस जिल्ला समितिको उपाध्यक्षमा कुमारप्रसाद उपाध्याय, महिला उपाध्यक्षमा टिका घर्ती मगर, उपाध्यक्ष सेवातर्फ चन्द्रराज रेग्मी, उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगार क्षेत्रतर्फ तुलसीराम सापकोटालाई चयन गरेको थियो ।
समितिको सचिवमा बिरबहादुर किसान, कोषाध्यक्षमा दयाराम रिजाल, सहसचिवमा शिवबहादुर केसी, सहकोषाध्यक्षमा अम्विका गिरी, सदस्यहरुमा बलराम अधिकारी, दिपा तिवारी र अञ्जु शर्मा रिजाल चयन भएका थिए ।
यस्तै, राष्ट्रिय प्रतिनिधीमा उमाकान्त पौडेल र कल्पना खरेल तथा प्रदेश प्रतिनिधीमा दिलबहादुर पराजुली, गणेशराज लम्साल, फुलप्रसाद सापकोटा, चन्द्रबहादुर खत्री, देवप्रकाश घिमिरे, नन्दकुमारी ठकुरी र माया शर्मा चालिसे चयन भएका थिए ।