१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

जैमिनीमा ९५ प्रतिशत काम सकिए


जनमञ्च संवाददाता
  • २० बैशाख २०८० , बुधबार

  • जैमिनीमा ९५ प्रतिशत काम सकिए

    बागलुङ, २० बैशाख– जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षको झण्डै ९५ प्रतिशत काम सकेको छ । चालु आर्थिक बर्षमा विनियोजित बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएपछि जनप्रतिनिधि आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।
    ‘बाँकी केही ठुला आयोजनाको काम चलिरहेको छ भने बहुबर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ’ प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले भने । नगर र वडास्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएको गिरीले बताए । नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मंसिर मसान्तको समय तोकेको थियो ।
    संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भैरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटा बताउँछन् । त्यसबाहेक पाँच वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा रहेका छन् ।
    जैमिनीका दशवटै वडास्तरका योजनाको काम सकिएको र सम्झौता हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भैरहेको सापकोटाको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend