बागलुङ, २१ बैशाख– बागलुङ नगरपालिका–५ पञ्चासे खर्कमा निर्माण हुने लक्ष्मी वैंकटेश्वर मन्दिरको भवन शिलन्यास गरिएको छ । मन्दिरको शिलन्यास वैष्णव युवा परिषदका केन्द्रिय अध्यक्ष स्वामी लक्ष्मणाचार्यले गरे ।
दिवंगत स्वामी मुकुन्दाचार्यको नेतृत्वमा २०३९ सालमा प्राणप्रतिष्ठा गरी नियमित पुजा गर्दै आएको मन्दिर ७७ सालको बाढीपहिरोले क्षती पु¥याएपछि पुननिर्माण शुरु गरिएको हो । मन्दिर पुननिर्माणका लागि गण्डकी प्रदेशबाट १० लाख अनुदानस्वरुप प्राप्त भएको मन्दिर व्यवस्थापन समितिका सचिव भक्तिप्रसाद सापकोटाले जानकारी दिए ।
सो अवसरमा मन्दिर पुननिर्माणका लागि सिवाईसी नेपालले २ लाख, स्थानीय चन्द्रप्रसाद सापकोटाले २ लाख, धरणीधर शर्माले १ लाख २५ हजार, गौरीशंकर कँडेल र कमला कँडेलले १ लाख सहयोग गरेका थिए ।
कार्यक्रममा स्वामाी लक्ष्मणाचार्य, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का वडा अध्यक्ष हरिप्रसाद शर्मा र सर्वसिद्धिधाम पञ्चकोटका महासचिव माधवप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मन्दिरका मठाधिस माधवाचार्य रेग्मीको अध्यक्षता, उपाध्यक्ष पदमपाणी शर्माको स्वागत र सचिव भक्तिप्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।