१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

ट्राफिक सप्ताह : खाल्डाखुल्डी पुर्नेदेखि ग्रामिण सडक लक्षित प्रशिक्षणसम्म


जनमञ्च संवाददाता
  • २६ बैशाख २०८० , मंगलबार

  • ट्राफिक सप्ताह : खाल्डाखुल्डी पुर्नेदेखि ग्रामिण सडक लक्षित प्रशिक्षणसम्म

    बागलुङ, २६ बैशाख– बढ्दो सहरीकरणसंगै हुनसक्ने सम्भावित सवारी दुर्घटना न्युनिकरण गर्न बागलुङमा ट्राफिक सप्ताह शुरु भएको छ । बिभिन्न संघसंस्थाको सहभागितामा ट्राफिक प्रहरीले सप्ताहको पहिलो दिन सोमबार बागलुङ बजारमा सचेतनामुलक ¥याली गरेको छ ।
    बजार परिक्रमापछि कालिका मन्दिर परिसरमा आयोजित समारोहमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बढ्दो सवारी चाप र सडकको मापदण्ड मिचेर बनाईएका संरचनाले जिल्लामा ट्राफिक दुर्घटना बढेको बताए ।
    थापाले साँघुरो र ग्रेड नमिलेका सडक तथा चालकको लापरबाहीका कारण बढेका दुर्घटना न्युनिकरण गर्न ट्राफिक नियमको सबैले पालना गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आफ्नो दायित्व पूरा गर्न सबैलाई आव्हान गरेका थिए ।
    सप्ताहमा दुर्घटनाको जोखिमबाट बच्नका लागि जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने, स्टिकर टाँस, मास्क वितरण, सवारी चेकजाँचमा कडाई गरिने जिल्ला ट्राफिक कार्यालयका प्रमुख मिनबहादुर खड्काले जानकारी दिए ।
    कार्यक्रम प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक मदन केसीको स्वागत र बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend