१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बडिगाडका पशुमा ‘लम्पी स्किन’ देखियो


लक्ष्मी गौतम
  • २९ बैशाख २०८० , शुक्रबार

  • बडिगाडका पशुमा ‘लम्पी स्किन’ देखियो

    बागलुङ, २९ बैशाख– जिल्लाको बडिगाड गाँउपालिकाका पशुचौपायामा ‘लम्पी स्किन’ रोग फैलिन सुरु गरेको छ । गाउँपालिकाको तल्लो भागमा पर्ने वडामा ‘लम्पी स्किन’ रोगको लक्षण देखिएको गाँउपालिकाको पशु सेवा शाखाका प्राविधिक वसन्त गौतमले बताए ।
    बडिगाड–२ सकन्यारको एक पशुमा ‘लम्पी स्किन’सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणबाट ‘लम्पी स्किन’ पुष्टि भएको थियो । त्यसयता पालिकाका–२ सहित ४, ५, ६ को माथिल्लो भेग र ९ नं. वडामा ‘लम्पी स्किन’का लक्षण सहितका पशु भेटिएका गौतमले बताए । बडिगाडमा ‘लम्पी स्किन’ तिब्र रुपमा नफैलिए पनि रोगका लक्षण सहितका पशु भने छिटफुट रुपमा भेटिएका उनले बताए । ‘लम्पी स्किन’ रोग सर्ने भएकाले धेरै ठाउँमा फैलिएको हुन सक्ने र किसानलाई जानकारी नहुँदा वास्तविक विवरण पालिकासम्म प्राप्त नभएको पनि हुन सक्ने उनको भनाई छ ।
    नेपालमा दुई वर्षअघि देखिएको ‘लम्पी स्किन’ भाइरसका कारण लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्न सक्छ । रोग लागेपछि गाईवस्तुको घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखापर्ने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्ने जस्ता लक्षण देखापर्ने गर्दछ ।
    पशु प्राविधिक गौतमले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई–भैँसी खरिद–बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउन नलैजान आग्रह गरेका छन् । उनले बडिगाडमा ‘लम्पी स्किन’ रोगसँग मिल्ने लक्षण आफ्ना पशुहरुमा देखिए तुरुन्त पालिकामा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend