१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग


जनमञ्च संवाददाता
  • २९ बैशाख २०८० , शुक्रबार

  • विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग

    बागलुङ, २९ बैशाख– जिल्लाको अमलाचौरका एक दम्पत्तिले आफ्ना बाबुआमाको स्मृतिमा विद्यार्थीहरुलाई सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिल्ली चापागाईंको दम्पत्तीले स्थानीय जगन्नाथ प्राथमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई सहयोग गरेका हुन् ।
    उनीहरुले विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये २० जना जेहेन्दारलाई विद्यालय पोशाक र स्टेशनरी सहयोग गरेका हुन् । बाबुआमाको बार्षिक श्राद्धको दिन डिल्ली र गंगा चापागाईंले विद्यालयमा पुगेर सहयोग गरेको बिद्यालयका प्रधानाध्यापक बुद्धि चापागाईंले बताए ।
    २० जना विद्यार्थीलाई एक÷एक सेट पोशाक, एक÷एक दर्जन कापी, एक÷एक दर्जन पेन्सिल हस्तान्तरण गरेको चापागाईंले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक र स्टेशनरी सहयोग गर्ने दम्पत्तीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको थियो । पोशाक र स्टेशनरी पाएका विद्यार्थी खुसी देखिन्थे । यहाँ ४५ जना विद्यार्थी अध्ययन छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend