१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बोहरालाई श्याम–चन्द्रकली र खत्रीलाई भक्त–जगकुमारी पत्रकारिता पुरस्कार


जनमञ्च संवाददाता
  • ३१ बैशाख २०८० , आइतबार

  • बोहरालाई श्याम–चन्द्रकली र खत्रीलाई भक्त–जगकुमारी पत्रकारिता पुरस्कार

    बागलुङ, ३१ बैशाख– प्रेस सेन्टर बागलुङले स्थापना गरेको श्याम–चन्द्रकली स्मृति पुरस्कार र भक्त–जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका दुई पत्रकार पुरस्कृत भएका छन् ।
    प्रेस सेन्टर बागलुङले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसरमा श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार जनमञ्च डटकमका सम्पादक तथा ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा र भक्त– जगकुमारी स्मृति पत्रकारिता पुरस्कार गलकोट एफएमका जीवनकला खत्री (सरिता) लाई प्रदान गरेको हो ।
    दुवै पुरस्कारको राशी जनही रु१०–१० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापाले जानकारी दिए ।सो पुरस्कार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बलावती शर्मा र प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले शनिवार गलकोटमा आयोजित कार्यक्रममा प्रदान गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend