१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

दक्षिण भारतको कर्नाटकमा कंग्रेसलाई बहुमत


जनमञ्च संवाददाता
  • ३१ बैशाख २०८० , आइतबार

  • दक्षिण भारतको कर्नाटकमा कंग्रेसलाई बहुमत

    नयाँदिल्ली, ३१ बैशाख– दक्षिण भारतको कर्नाटक प्रदेशमा कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । विधानसभाका २ सय २४ सिटमध्ये कंग्रेसले १ सय ३६ सिट जितेको छ ।
    सरकार बनाउन १ सय १३ सिट चाहिन्छ । अघिल्लो पटक १ सय ४ सिट जितेको भाजपा यस पटक ६५ सिटमा खुम्चिएको छ ।
    कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उहाँको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले सफलता हात पारेको हो ।
    गान्धीले भारत जोडो यात्राका क्रममा २१ दिन कर्नाटकमा बिताउनुभएको थियो । अधिकांश ‘एक्जिट पोल’ ले कंग्रेसले चुनाव जित्ने देखाइसकेका थिए ।
    भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख प्रचारकका रूपमा कर्नाटकको चुनावमा उतारेको थियो तर उहाँको ‘जादु’ चलेन, जसका कारण भाजपाले त्यहाँको सत्ता गुमाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend