१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ट्राफिक सप्ताहबाट ३६ हजार बढी नागरिक लाभान्वित


जनमञ्च संवाददाता
  • १ जेष्ठ २०८० , सोमबार

  • ट्राफिक सप्ताहबाट ३६ हजार बढी नागरिक लाभान्वित

    बागलुङ, १ जेठ– बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ट्राफिक व्यवस्थापन गरेर नगरलाई सभ्य बनाउन चाहेको बताएका छन् ।
    आइतबार ट्राफिक सप्ताहको समापन तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै श्रेष्ठले निर्माण सम्पन्न भएर उद्घाटन गर्न बाँकी रहेको बसपार्क संचालनको पहल गरेपछि हालको बसपार्कलाई ट्राफिक व्यवस्थापनमा उपयोग गर्ने बताए ।
    सुन्दर नगरलाई कुरुप बन्न नदिने सबैको साझा दायित्व भएकोले मिलेरै काम गर्नुपर्ने आवस्यकता श्रेष्ठको थियो । त्यसका लागि बिद्यालयका बस नियमन, निर्माण सामाग्री ल्याउने समय तोक्ने काम पनि तत्काल थालिने उनले भनाई थियो ।
    कार्यक्रममा प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा, पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय राना, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, सामुदायिक प्रहरी सेवाकी अध्यक्ष लीलादेवी खड्का, उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, व्यवसायी उमेश केसी लगायतले बोलेका थिए ।
    बजारक्षेत्रमा सिसि क्यामेरा जडान गरेर दुर्घटना र चोरीका अपराध न्युनिकरणमा काम गर्न कार्यक्रमका सहभागिले सुझाव दिएका थिए । हाल बागलुङ बजारमा सिसि क्यामेरा नभएर अपराधका घटनामा आरोपितलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
    कार्यक्रममा बरिष्ठ प्रहरी नायव निरीक्षक मीनबहादुर खड्काले ट्राफिक सप्ताहको गतिविधि र प्रगतीबारे प्रस्तुतीकरण गरेका थिए । ट्राफिक सप्ताहअन्र्तगत सचेतना ¥याली, जेब्राक्रम अभ्यास, पर्चा बितरण, सडक सुरक्षा कार्यक्रम, गाडीमा स्ट्रिकर टाँस्ने, रक्तदान कार्यक्रमबाट ३६ हजार बढी नागरिकले लाभ लिएका छन् ।
    प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता, प्रहरी निरीक्षक राजाराम खड्काको संचालनमा सम्पन्न कार्यक्रममा रक्तदान गर्ने र सप्ताहको अभियानमा साथ दिनेलाई प्रमाणपत्र बितरण पनि गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend