१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गर्दै बेनी नगरपालिका


जनमञ्च संवाददाता
  • १ जेष्ठ २०८० , सोमबार

  • ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गर्दै बेनी नगरपालिका

    म्याग्दी, १ जेठ–े बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा नियमित र सुरक्षित सवारी सञ्चालन गर्न पक्की बनाउने योजना अघि बढाईएको हो ।
    ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् ।
    ‘नगरका १० वटै वडाका बस्तीमा सडक पुगिसकेको छ’ लामिछानेले भनिन्, ‘यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौँ ।’
    सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको लामिछानेको भनाई छ ।
    पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पदम पुनले बताए । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु वर्ष २०७९÷८० मा दुई प्याकेजमा १ करोड २५ लाख विनियोजन भएको छ ।
    बेनी नगरपालिका वडा नं. ४ स्थित तातोपानी बजारमा तीन सय २५ मिटर सडक कालोपत्रे भइरहेको छ । ७० लाखमा ठेक्का सम्झौता भएको महारानीथान–छाप–ठूलोखोला सडक आयोजनामार्फत एक सय ७२ मिटर सडक ढलान हँुदैछ ।
    यस्तै, बेनी–पाखापानीको जामुनाखर्क, अर्थुङे–पुलाचौरको बाँसबोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ । बेनीका योजना अधिकृत कृष्ण सुवेदीका अनुसार, यसवर्ष एक सयभन्दा बढी योजना सडक ढलान र पक्की नाली निर्माणसँग सम्बन्धित छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend