१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बालमैत्री नगर घोषणाका लागि मुख्यमन्त्री कार्यालयको पत्र


जनमञ्च संवाददाता
  • १ जेष्ठ २०८० , सोमबार

  • बालमैत्री नगर घोषणाका लागि मुख्यमन्त्री कार्यालयको पत्र

    बागलुङ, १ जेठ– गलकोट नगरपालिकाले बालमैत्री नगर घोषणाको अनुमति पाएको छ । मुख्यमन्त्री कार्यालयले पत्र लेखेर नगरका सबै सूचक पुरा भएकोले घोषणाका लागि अनुमति दिने पत्र दिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
    बालमैत्री स्थानीय शासन तथा बालमैत्री अभियानलाई पूर्णता दिन चाहिने ५१ मध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्यका सूचक पुरा भएको । समुदाय तहका पनि सबै पुरा भएकोले घोषणाको तयारी भएको गैरेले जानकारी दिए । ‘हामीले वडागत रुपमा बालमैत्री वडा घोषणा गरिसकेका छौं’ उनले भने, ‘अब बिशेष कार्यक्रम बनाएर नगर घोषणा गर्छौ ।’ बागलुङको पहिलो बालमैत्री नगर बनाउन पाएको बताए ।
    केही समय अघिसम्म बालमैत्री अभियानमा बालबिबाह बाधक थियो । पछिल्लो समय उमेर नपुगी बिबाह गर्न हुँदैन भन्ने सचेतना बस्ती बस्तीमा पुगेको र कतै हुने प्रयास भएपनि नगरपालिकाले रोकेर सचेतना अभियान चलाउने गरेकोले घोषण गर्ने आधार सह जबनेको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले बताए ।
    मुख्यमन्त्री कार्यालयले पनि जिल्ला समन्वय समितिमार्फत गरेको वडागत अनुगमनमा सबै वडा सफल भएकोले नगर घोषणाको वातावरण बनाउन अनुमति दिएको उल्लेख छ । उक्त पत्रपछि नगरपालिकाले घोषणाका लागि तयारी गरेको छ । पटक पटक वडा र समुदाय तहमा पुगेर अनुगमन भैरहेकोले छिटै मिति घोषणा हुने सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए ।
    पत्रमा गलकोटका सबै वडा बालमैत्री शासनयुक्त वडा घोषणा भई नगर घोषणाका लागि अनुमति माग भई आएकोमा प्रदेश स्तरीय अनुगमन समितिको सिफारिस अनुसार बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ को अनुसूचि २ को खण्ड ख को बुँदा नं. १० बमोजिम बैसाख २४ गतेको मुख्यमन्त्री स्तरीय निर्णयअनुसार गलकोटलाई बालमैत्री नगर घोषणाको अनुमति दिइएको छ । यो अनुमतिपछि नगरले मुख्यमन्त्रीकै उपस्थितिमा बालमैत्री नगर घोषणाको लक्ष बनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend