१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

शैक्षिक कार्यक्रममार्फत गणेश माविमा पूर्वाधार थपिदै


जनमञ्च संवाददाता
  • ४ जेष्ठ २०८० , बिहिबार

  • शैक्षिक कार्यक्रममार्फत गणेश माविमा पूर्वाधार थपिदै

    बागलुङ, ४ जेठ– जिल्लाकै नमुना विद्यालयको रुपमा चर्चा हुने गणेश माध्यामिक विद्यालयले पूर्वाधारमा अब्बल बनाउने अभियान थालेको छ । नेपाल सरकार, प्रदेश सरकार र बागलुङ नगरपालिकाका शैक्षिक कार्यक्रममार्फत विद्यालयमा धमाधम पूर्वाधार निर्माणका काम भएका हुन् ।
    बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विद्यालय जिल्लाभर शैक्षिक क्रियाकलापमा पुरस्कृत हुने गरेको छ । सामाजिक विकास कार्यालय गण्डकी प्रदेशले दुई बर्षअघि यो विद्यालयलाई प्रदेशकै नमुना विद्यालयको रुपमा पुरस्कृत गरेको थियो । शिक्षण सिकाईमा नमुना विद्यालय भएपनि यहाँका भौतिक संरचना भने कमजोर थिए । भौतिक संरचनामा समेत अव्वल हुने अभियानमा विद्यालय छ ।
    यसअघि निर्माण भएको दुई तले एउटा मात्रै पक्कि भवनका दशवटा कोठाबाहेक कच्चि संरचनाका कक्षा कोठाबाट पठनपाठन हुँदै आएको थियो । विद्यालयले सबै कक्षाकोठा पक्कि बनाउन थालेको हो । ७६५ जना विद्यार्थी रहेको विद्यालयमा आवासीय सुविधा समेत छ ।
    ‘नेपाल सरकार शिक्षा मन्त्रालयको नमुना विद्यालय कार्यक्रमअन्तर्गत हामीले पक्कि संरचना बनाउने काम थालेका छौं, एउटा भवन उपभोक्ता समिति र अर्को भवन ठेक्का प्रकृयाद्वारा निर्माणको चरणमा छन्’ विद्यालयका प्रअ एकनाथ रिजालले भने ‘अबको पाँच बर्षमा सबै हिसाबले अव्वल भएका हुने छौं ।’ विद्यालयले पाँच बर्षमा २५ कोठा भएका पक्कि भवन निर्माण गरिसक्ने योजना बनाएको छ ।
    पक्कि भवन निर्माणपछि विद्यार्थीका लागि आवासीय सुविधा बढाउन सकिने, हरेक कक्षालाई बिभाजन गरेर थोरै विद्यार्थीलाई एउटा कक्षा कोठामा पढाउन सकिने लगायतका फाइदा विद्यालयले लिने छ । यसअघि विद्यालयमा बनेका अधिकांश संरचना चन्दातादाकै भरमा बनेका थिए । एकतले जस्तापाताको छानामुनी स–साना बालबालिकालाई पढाउँदा समस्या हुने गरेको थियो ।
    विद्यालय आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारको नमूना विद्यालयमा छनौट भएको छ । उक्त विद्यालयमा आर्थिक वर्ष २०७८/७९ देखि पाँच वर्षसम्म ७ करोड ५० लाख बजेट कार्यान्वयनको चरणमा छ । पाँच करोड रुपैयाँको भौतिक संरचना निर्माण र २ लाख रुपैयाँ शैक्षिक गतिबिधि गर्ने कार्यबिधि छ । सोही अनुसारका कार्यक्रम तयार गरेको रिजालले बताए ।
    विद्यालय भवन सुविधा सम्पन्न हुँदा हरेक बर्ष भवनको मर्मतसम्भारमा हुने खर्च शैक्षिक क्रियाकलापमा लगाउन सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शर्मा बताउँछन् । शर्माका अनुसार विद्यालयले महायज्ञ सञ्चालन गरेर जम्मा भएको २ करोड रकमको व्याजबाट समेत निजी शिक्षिक राखेर अध्ययन तथा अध्यापन गराइरहेको छ । यो विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटबलसँगै सुदरपश्चिमको अछाम घर भएका विद्यार्थी पनि अध्ययनरत छन् । यस विद्यालयमा झण्डै एक सयको हाराहारीमा विद्यार्थीहरू अन्यत्रबाट अध्ययनका लागि आउने गरेका छन् ।
    १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्तक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेको र दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीहरुलाई निजी स्रोतबाट सुविधा दिईंदै आएको छ ।
    विद्यार्थीमैत्री शिक्षण सिकाइ, अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend