१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

२७ बुँदामा जैमिनीका एकबर्षे उपलब्धी यस्ता छन्


जनमञ्च संवाददाता
  • ९ जेष्ठ २०८० , मंगलबार

  • २७ बुँदामा जैमिनीका एकबर्षे उपलब्धी यस्ता छन्

    बागलुङ, ९ जेठ– जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा असारे विकासको अन्त्यदेखि कार्यसम्पादन मुल्यांकनमा जिल्लाकै पहिलो नगरपालिका बन्नेलगायत २७ बुँदे उपलव्धी सार्वजनिक गरेको छ । वित्तिय सुशासन जोखिम मुल्यांकनतर्फ बागलुङका दश स्थानीय तहमा पहिलो भएको नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व–मुल्यांकनतर्फ गण्डकी प्रदेशमा दोस्रो बनेको थियो ।
    जैमिनीले चालु आर्थिक बर्षका योजनाको काम कार्यतालिका निर्माण गरेर चैत मसान्तमै ९५ प्रतिशत सकेको थियो । समयमा काम सकिँदा असार मसान्तमा मात्रै खर्च गर्ने र उपलव्धी सुन्य हुने परिपाटीको अन्त्य भएको नगर प्रमुख नरबहादुर पुनले बताए । नगरपालिकाले बितेको एक बर्षमा सडक, कृषि, शिक्षा, पशुपालन, पर्यटन र स्वास्थ्यका क्षेत्रमा धेरै कामको सुरुवात भएको जनाएको छ ।
    आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व बिज्ञ सम्मेलन गरेको नगरपालिकाले बिज्ञ सम्मेलनको निष्कर्ष कार्यान्वयनको सुरुवात हुनु उपलव्धी भनेको छ । ‘हामीले बिज्ञ सम्मेलन गरेर बिषेशतः स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको क्षेत्रमा परिवर्तन गर्न खोजिरहेका छौं’ पुनले भने ।
    सोमबार मुख्य उपलव्धी सार्वजनिक गर्दै नगर उपप्रमुख हरिहर शर्माले हेलिप्याड निर्माणका बिषयमा आलोचना भैरहेको भन्दै दुर्घटनाका घाईते, आकस्मिक बिरामी र गर्भवतीको उद्धारका लागि राष्ट्रिय कार्यक्रम अनुसार नै हेलिप्याड निर्माण गरिएको बताए । जैमिनीले कुश्मीशेरा, छिस्ती र ३ दमेकमा हेलिप्याड निर्माण गरेको छ ।
    अहिलेसम्म सडकको ट्रयाकसमेत नखुलेको खोलाखानी गाउँमा सडक पुगेको, जैमिनीधाम पुग्ने सडक कालोपत्रे र ढलानको काम, कुश्मीशेरा बजार लगायत वडाका बिभिन्न सडकको स्तरोन्नतीलाई नगरले चालु बर्षको उपलव्धी भनेको छ ।
    सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्स बनाउने तालिम र महिला स्वास्थ्य स्वयंसेविकालाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्थालाई नगरले उपलव्धी भनेको छ । नगरमा लिड स्कुलको प्रारम्भिक सुरुवातले नगरको शिक्षा क्षेत्रमा सम्भावनाको उदय भएको शर्माले बताए । खानीको खोजी र अध्ययन, बाँदर आतंक नियन्त्रणका लागि बाँदर बगैंचाको सम्भाव्यता अध्ययन र कृषि मजदुर परिचालनमार्फत बाँझो जग्गाको उपयोग, र व्यवसायीक कृषकहरुलाई अनुदान र प्रोत्साहनमार्फत मासु र दुधमा आत्मनिर्भर बन्दै गरेको उनले सुनाए ।
    स्थानीय पाठ्यक्रम निर्माण, शिक्षकको दरवन्दी मिलान, बैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सामी परियोजनामार्फत भैरहेका कामलाई पनि नगरपालिकाले उपलव्धी भनेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend