१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

दलित अधिकार : स्पष्ट व्यवस्था, कार्यान्वयन फितलो


जनमञ्च संवाददाता
  • ११ जेष्ठ २०८० , बिहिबार

  • दलित अधिकार : स्पष्ट व्यवस्था, कार्यान्वयन फितलो

    तस्बिर : सज्जन कुमार सिंह
    बागलुङ, ११ जेठ– देशमा व्यवस्था परिवर्त भएपनि पछि परेको समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको सरोकारवालाले बताएका छन् । देशको राजनीतिक परिवर्तनमा योगदान गरेका दलित समुदायको अहिले पनि अबस्थामा उल्लेख्य सुधार आउन नसकेको काठेखोला गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमका सहभागि बताए ।
    नेपालको संबिधानले दलितका अधिकारका बिषयमा स्पष्ट व्यवस्था गरेपनि कार्यान्वयनको पाटो पितलो रहेको काठेखोला गाउँपालिकाका दलित अगुवा तथा शिक्षक गोरे बिकले बताए । ‘हामीलाई हेलाहोँचो सदियौंदेखि छ, यसको अन्त्यका लागि दलित आन्दोलन उत्सकर्षमा पुगेका बेला दबाईन्छ, जब आन्दोलन सुस्ताउँछ अनि अधिकारका कुरा उठाईन्छ’ बिकले भने ‘सबैलाई समान व्यवहार अझै छैन् ।’
    दलित समुदायलाई अन्य समुदाय सरह व्यवहार राज्यका निकायबाट अझै हुन नसकेको उनको गुनासो थियो । गाउँपालिकाले आयोजना गरेको जातीय विभेद एवं छुवाछुत उन्मोलन सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा बोल्दै बिकले दलित समुदायलाई पछि पार्नका दलित अगुवाहरुलाई नै गैर दलित समुदायले प्रभावित गर्ने गरेको समेत बताए ।
    काक्रममा काठेखोला गाउँपालिकाका कार्यबहाक अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष बृहस्पती कँडेलले जातिय बिभेद अन्त्यका लागि दलित समुदाय सचेत बन्नुपर्नेमा जोड दिए । बिभेद सुरुवात जहाँबाट भएको हो, त्यहिँबाट यसको अन्त्यको प्रयास थाल्नुपर्ने उनको तर्क थियो ।
    दलित र गैह्र दलितको सहकार्यमा समाजमा अन्धबिश्वासको रुपमा रहेको बिभेदको अन्त्य गर्न सकिने उनले बताए । ‘वैज्ञानिक आधार नरहेको, कहिँकतै नभेटिने तर विश्वासकै आधारमा मान्दै आएको प्रचलन अन्धविश्वासले बिभेद विद्यमान छ’ कँडेलले भने ‘विभेदको अन्त्य गर्ने आँफैले हो, आँफुबाट सुरु गरौं ।’
    काठेखोला गाउँपालिका–३ धम्मजाका वडा अध्यक्ष कुलबहादुर बिकले दलित समुदायको चेतनासँगै आर्थिक स्तर उकास्नुपर्ने बताए । उत्पादन, रोजगारी र चेतनासँग सबै दलित समुदायलाई जोड्दै दलित आन्दोलन निकर्षमा पुर्यानुपर्ने उनको धारणा थियो ।
    अभिमुखीकरणको समापन समारोहमा वडा सदस्य हरिकला सुनार, कार्यपालिका सदस्य सुन्तली बिक लगायतले बोलेका थिए । अभिमुखीकरणको अभियान्ताहरु डम्मर बिक, निर बहादुर बिक, यामबहादुर चर्माकार र पत्रकारहरु तारानाथ आचार्य र सञ्जन कुमार सिंहले सहजीकरण गरेका थिए । पूर्णमाया सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रश्मी गौतमले गरेकी थिईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend