१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

होटल व्यवसायीलाई आगो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी तालिम


जनमञ्च संवाददाता
  • ११ जेष्ठ २०८० , बिहिबार

  • होटल व्यवसायीलाई आगो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी तालिम

    बागलुङ, ११ जेठ– होटल व्यवसायीहरुका लागि आगो व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी तालिम दिइएको छ । होटल व्यवसायी संघ बागलुङको आयोजना र जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा बिपत व्यवस्थापन समितिको टोलीले होटल संचालक र कुकहरुका लागि तालिम दिएको थियो ।
    सदमुकाममा रहेका बिभिन्न होटल संचालक तथा कुक गरी ६० जनाको सहभागीता रहेको होटलमा काम गर्ने क्रममा ग्याँस तथा अन्य क्षेत्रमा लागेको आगोलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने भन्ने बिषयमा सहजीकरण गरिएको थियो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले सानो सानो गल्तीले पनि ठुलो बिपतु निम्ताउने भएकाले सचेत हुन जरुरी रहेको बताएका थिए ।
    कार्यक्रम होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीको अध्यक्षता र सचिव कविता बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend