१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

काठेखोलाले दलित समुदायको तथ्यांक संकलन गर्दै


जनमञ्च संवाददाता
  • १२ जेष्ठ २०८० , शुक्रबार

  • काठेखोलाले दलित समुदायको तथ्यांक संकलन गर्दै

    बागलुङ, १२ जेठ– काठेखोला गाउँपालिकाले दलित समुदायको तथ्यांक संकलन सूरु गरेको छ । दलित समुदायका नागरिकको आर्थिक, सामाजिक र बसोबासको अवस्था सहितका प्रारम्भिक तथ्यांक तयार गर्न लागिएको हो ।
    गाउँपालिका, प्रदेश र संघीय सरकारले तयार गर्ने योजना तथा कार्यक्रममा दलित समुदायको सहभागिताका लागि प्रारम्भिक तथ्यांक तयार गर्न लागिएको हो ।
    गाउँपालिकाको आयोजना र गाउँपालिका स्तरीय स्थानीय दलित समन्वय समितिको सहयोगमा पालिकामा रहेका दलित समुदायको तथ्यांक संकलन गर्न सुरु गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताए ।
    पालिकाका दलितको जनसंख्या, रोजगार, बेरोजगार, आर्थिक अवस्था र पालिकाप्रति उनीहरुले चाहेको कार्यक्रमबारे तथ्यांक संकलन सुरु गरिएको गाउँपालिका स्तरीय स्थानीय दलित समन्वय समितिका संयोजक पूर्णमाया सुनारले बताइन् ।
    गाउँपालिकाको वडा नं. १ देखि ८ सम्मका दलित समुदायको आर्थिक, सामाजिक एवं सांस्कृतिक अवस्थाको स्थिती कस्तो रहेको छ भन्नेबारे तथ्यांक सर्वेक्षण गर्न जेठ ५ गतेदेखि वडा–वडामा गणकहरु पुगिसकेका छन् ।
    तथ्यांक सर्वोक्षणमा दलित समुदायको लागि आगामी दिनमा गर्न सकिने हकहित, अधिकार र कल्याणको लागि के कस्ता योजना र कार्यक्रम गर्न सकिन्छ भन्नेबारे समेत सुझाव संकलन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विकले बताए ।
    सर्वेक्षणमा दलित समुदायको लागि पालिकामार्फत कस्ता योजनाहरु संचालन गर्नुपर्छ भन्ने प्रश्नहरु समेत समावेश गरेको बताउँदै प्रतिवेदनबाट आएका सुझाव अनुसार आगामी वर्षदेखि योजना र कार्यक्रम बनाएर संचालन गरिने विकको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend