१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

गलकोट बालमैत्री घोषणा


जनमञ्च संवाददाता
  • १४ जेष्ठ २०८० , आइतबार

  • गलकोट बालमैत्री घोषणा

    तस्बिर : सरिता खत्री/गलकोट

    बागलुङ, १४ जेठ– बागलुङको गलकोट नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । शनिबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री सुशिला सिंखडाले बालमैत्री नगरको उद्घाटन गरिन् ।
    उद्घाटन मन्तव्य दिंदै सिंखडाले घोषणा हुनु भन्दा घोषणाको दिगोपनको आवस्यकतामा जोड दिएकी थिइन् । धेरै अभियानहरु घोषणापछि अलपत्र परेको भन्दै बालमैत्री अभियान निरन्तर चल्ने पद्दती भएकोले सबैले हरेक पलमा संयमीत भएर काम गर्नुपर्ने बताइन् ।
    कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यहरु जीतबहादुर शेरचन, द्रोण कुँवर, कुशुम बुढडा मगर, दिलमाया पौवी, संविधानसभाका सदस्य निरज पुन, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, गलकोट नगरपालिकाकी पूर्व उपप्रमुख रेनुका काउचा, सामाजिक बिकास समितिका संयोजक हिमबहादुर भण्डारी, वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्री, एमाले नेता मञ्जु शर्मा चालिसे, राजमोका नेता टंकबहादुर केसी, स्वास्थ्य सेवा निर्देशक खिमबहादुर खड्का, बालमैत्री अभियानका सहजकर्ता बिष्णुप्रसाद चर्तुवेदी र नगर बाल संजालकी अध्यक्ष समीक्षा गौतमले बोलेका थिए ।
    गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, उपप्रमुख फमलाल निउरेको स्वागत र प्रशासकीय अधिकृत तुलबहादुर बिकको संचालनमा सम्पन्न घोषणा सभामा बिद्यार्थी, अभिभावक र स्थानीय सयौंले सहभागिता जनाएका थिए । बालमैत्री घोषणाकालागि नेपाल सरकारले जारी गरेका ५१ बुँधा पुरा गरेर नगर घोषणा भएको हो । गलकोट नगर बागलुङको पहिलो र गण्डकी प्रदेशमा तेस्रो बालमैत्री नगर भएको गैरेले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend