१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

‘जनताले ल्याएको व्यवस्थामा जनता नै निराश’


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०८० , सोमबार

  • ‘जनताले ल्याएको व्यवस्थामा जनता नै निराश’

    बागलुङ, १५ जेठ– गणतन्त्र दिवसको अबसरमा बागलुङमा आयोजित कार्यक्रमका बक्ताहरुले गणतन्त्रको अनुभुती जनताले गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
    राजा र रैतीको संस्कार अन्त्य गरेर जनताको शासन व्यवस्था ल्याउँदा पनि जनताको मुहारमा खुसी नछाएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।
    गणतन्त्रका उपलव्धीलाई संथागत गर्ने र जनचाहना अनुसारको बिकास निर्माण र शासन प्रणालीको सुधार अहिलेको आवश्यकता रहेको उनीहरुको भनाई थियो ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले अहिले राजनीतिक दलहरुले आँफुलाई समयानुकुल बनाउनुपर्ने बेला आएको बताए । जनताले आफ्नो नेतृत्व चयन र खबरदारी गर्ने अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्नेमा उनको जोड थियो ।
    जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले व्यवस्थासँगै अवस्था परिवर्तनका प्रयासहरु नभएकाले जनतामा गणतन्त्रमा पनि आशा नजागेको बताए ।
    नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसीले कागजमा लेखिएको गणतन्त्रले मात्रै जनतालाई राहत नहुने धारणा व्यक्त गरे । केसीले तीनै तहका सरकारको रवैया र नयाँ पुराना राजनीतिक दलको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।
    कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सल्लाहकार कृष्णशंकर श्रेष्ठ, एकीकृत समाजवादीका सचिव भरत पुरी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एकबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend