१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

विद्यालय सुधार्ने काइदा : शिक्षक विद्यार्थी दुवैलाई फाइदा


जनमञ्च संवाददाता
  • १६ जेष्ठ २०८० , मंगलबार

  • विद्यालय सुधार्ने काइदा : शिक्षक विद्यार्थी दुवैलाई फाइदा

    पर्वत, १६ जेठ– जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवास्थित गहते अम्बोट आधारभूत विद्यालय २०७५ सालमा गाभिने तयारीमा थियो । विद्यार्थी अभावमा शिक्षक कामविहीन बनेपछि नगरपालिकाले नजिकको विद्यालयमा गाँभ्ने तयारी गरेको थियो ।
    शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साथ पाएपछि गाभिने तयारीमा रहेको विद्यालयमा विद्यार्थीको संख्या १ सय १५ पुगेको छ । आकस्मिक र पर्व बिदाको भत्ता प्रदान कार्यक्रमले विद्यालयमा एकाएक परिवर्तन आएको हो ।
    विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलका अनुसार, अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय व्यवस्थापन समितिको बैठकबाट भइपरी आउने र पर्व बिदा सञ्चित गर्ने शिक्षकलाई एक दिनको ५ सय रुपैयाँका दरले भत्ता दिन थालिएको छ ।
    एक वर्षमा बढीमा छ दिन भईपरी र छ दिन पर्व बिदा लिन सक्ने भनिएको छ । गहते अम्बोटले बिदाको सञ्चित गर्ने शिक्षकलाई एक दिन बिदाको ५ सयका दरले भत्ता उपलब्ध गराएर शिक्षकलाई नियमित विद्यालय आउन प्रोत्साहन गरिरहेको छ ।
    यो वर्ष सबैभन्दा बढी बिदा सञ्चित गरेका लक्ष्मी सुवेदी, राजु खनाल र मोती च्वाइँलाई विद्यालयले कार्यक्रमको आयोजना गरेर भत्ता वितरण गरेको छ ।
    ‘भत्ता पाइन्छ भनेर मात्रै नियमितता हुँदैन, हाम्रा शिक्षक विद्यालय र बालबालिकाप्रति जिम्मेवार भएकाले सुविधाको नाममा बिदा उपयोग गर्न जोड गर्नुहुन्न’ प्रधानाध्यापक पौडेलले भने, ‘विद्यालयले राम्रा अभ्यास गर्दा बर्सेनी विद्यार्थी बढिरहेका छन् ।’
    यस्तै, कुश्मा बजारस्थित नारायण माविले शिक्षक नियमित विद्यालयमा आउँदा विद्यार्थीको अध्ययन लय एकै रफ्तारमा अघि बढ्ने भएकाले शिक्षकलाई खाजा भत्ता दिँदै आएको छ ।
    प्रधानाध्यापक गोविन्द पोखरेलका अनुसार, विद्यालय बन्द रहेको दिन कटाएर उपस्थित हुने शिक्षकले दैनिक १ सय रुपैयाँ खाजा भत्ता पाउदै आएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend