९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङका स्थानीय तहलाई संघ सरकारको ४ अर्ब २६ करोड अनुदान


जनमञ्च संवाददाता
  • १७ जेष्ठ २०८० , बुधबार

  • बागलुङका स्थानीय तहलाई संघ सरकारको ४ अर्ब २६ करोड अनुदान

    बागलुङ, १७ जेठ– आगामी आर्थिक बर्षमा संघ सरकारले बागलुङका स्थानीय तहलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बागलुङका दश स्थानीय तहलाई बिभिन्न शिर्षकमा सवा चार अर्ब बजेट उपलव्ध गराउने उल्लेख छ ।
    संघ सरकारबाट बागलुङ नगरपालिकाले ९० करोड २६ लाख रुपैयाँ, गलकोटले ४९ करोड ५८ लाख, जैमिनीले ५३ करोड ४७ लाख, ढोरपाटनले ३७ करोड २८ लाख, बडिगाड गाउँपालिकाले ४८ करोड ५४ लाख, काठेखोलाले ४२ करोड लाख, तमानखोलाले २० करोड ३७ लाख, ताराखोलाले २५ करोड १८ लाख, निसीखोलाले ३० करोड ६७ लाख र बरेङले २८ करोड ९७ लाख रुपैयाँ बजेट पाउने छन् ।


    संघ सरकारले उपलव्ध गराउने समानिकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा स्थानीय तहले उक्त बजेट पाउने छन् । ‘बजेट पहिलाभन्दा घटेर आयो, काम स्थानीय तहमा थुपार्ने, बजेट कम पठाउने गरियो’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘संघीयताको मर्मविपरित न्युन बजेट मात्रै स्थानीय तहमा पठाईएको छ ।’
    आन्तरिक आम्दानी कम भएका स्थानीय तहलाई संघ र प्रदेश सरकारले बजेट कम पठाउँदा विकास निर्माणका काम गर्न कठिन हुने गरेको छ । संघ सरकारले दिने बजेट, प्रदेश सरकारले दिने बजेट र स्थानीय स्रोत समेत गरेर स्थानीय सरकारले बजेटको तयारी गरिरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend