१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

लियो कालीगण्डकीको रक्तदानमा २७ युनिट रगत संकलन


जनमञ्च संवाददाता
  • १७ जेष्ठ २०८० , बुधबार

  • लियो कालीगण्डकीको रक्तदानमा २७ युनिट रगत संकलन

    बागलुङ, १७ जेठ– जिल्लामा सञ्चालित रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको छ । धौलागिरी अस्पताल बागलुङमा रगतको अभाव हुननदिन लियो क्लव अफ बागलुङ कालिगण्डकीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
    नेपाल रेडक्रस सोसाईटीको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष सुगम खड्काले बताए ।
    रक्तदान कार्यक्रममा लायन्स क्लब अफ बागलुङ कालीगण्डकी, लियो क्लब अफ धौलागिरी बागलुङ, लियो क्लब अफ कुस्मा सिटी, लियो क्लब अफ बागलुङका पदाधिकारी तथा सदस्य र केही समाजसेविहरु सहभागि भएका थिए । उनीहरुले रगत दान जीवन दान सरह हुने भन्दै अस्पतालमा बिरामीको स्वास्थ्य र आफ्नो स्वास्थ्यमा समेत प्रभाव राख्ने भएकाले रक्तदानमा सहभागि भएको बताएका थिए ।
    कार्यक्रममा लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका अध्यक्ष नारायण प्रसाद आचार्यले रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रसान्त सुवेदीले गरेका थिए । रक्तदानमा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend