१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

फुटबलर कमल थापालाई फ्युचरको सम्मान


जनमञ्च संवाददाता
  • १९ जेष्ठ २०८० , शुक्रबार

  • फुटबलर कमल थापालाई फ्युचरको सम्मान

    बागलुङ, १९ जेठ– नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापालाई एक विद्यालयले नगदसहित सम्मान गरेको छ । पूर्व विद्यार्थीसमेत रहेका थापाले नेपालमा फुटबल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै फ्युचर ब्राईटर आवासिय माध्यमिक विद्यालयले सम्मान गरेको हो ।
    बिहिबार विद्यालयमा एक समारोहको आयोजना गरी विद्यालयले थापालाई नगद १० हजारसहित सम्मान गरिएको थियो । जिल्ला खेलकुद विकास समति बागलुङका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माले थापालाई संयुक्त रुपमा दोसल्ला ओडाएका थिए ।
    कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समतिका अध्यक्ष खड्काले खेलकुदको क्षेत्रमा तीनै तहका सरकारले ध्यान नदिएको बताए । स्थानीय सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेको भन्दै खड्काले हरेक बर्ष बन्ने बजेटमा खेल नअटेको गुनासो गरे । उनले खेलकुद क्षेत्रमा लगानी नहुँदा उम्दा खेलाडिहरु जीविकोपार्जनकै लागि बिदेशीनु परेको बताए ।
    जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राभण्डारीले खेलक्षेत्र राष्ट्र चिनाउने माध्याम भएको बताए । उनले राज्यकै परिचय दिनसक्ने खेलक्षेत्र र खेलाडीको संरक्षणमा बेवास्ता भैरहेको बताए । कार्यक्रममा गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्का लगायतले बोलेका थिए । विद्यालयका प्रअ बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक नवराज गौतम र सञ्चालन कक्षा १० कि विद्यार्थी भुमिका थापाले गरेकी थिईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend