९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

शिव शिखरका २५७ बचतकर्ताद्वारा प्रहरीमा उजुरी, इमेजबिरुद्ध जाहेरी नै परेन


जनमञ्च संवाददाता
  • २० जेष्ठ २०८० , शनिबार

  • शिव शिखरका २५७ बचतकर्ताद्वारा प्रहरीमा उजुरी, इमेजबिरुद्ध जाहेरी नै परेन

    तस्बिर : संगम केसीको फेसबुकबाट

    बागलुङ, २० जेठ– बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार बागलुङका दुई सहकारीबिरुद्ध प्रहरीले जाहेरी लिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शिब शिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुको जाहेरी लिन सुरु गरेको हो ।
    गृह मन्त्रालयको निर्देशनमा प्रहरीले जाहेरी दर्ता गरिरहेको भएपनि बागलुङमा इमेज सहकारीबिरुद्ध कुनै जाहेरी परेको छैन् । जाहेरी लिन थालेको तीन दिन बितिसक्दा कोही पीडित कार्यालयमा नआएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
    सहकारीले हिनामिना गरेको रकमबारे अनुसन्धान गर्न प्रहरीले जाहेरी मागेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले यी दुई सहकारीको बिषयमा अनुसन्धान गरेको छ ।


    इमेज सहकारीमा बचतकर्ताको झण्डै ३ अर्ब रुपैयाँ र शिव शिखरमा झण्डै ६ अर्ब जोखिममा परेको अनुमान छ । शिव शिखर सहकारीबिरुद्ध भने २ सय ५७ जना पीडितको जाहेरी प्रहरीमा दर्ता भएको छ ।
    सदस्य सेवा केन्द्रको रुपमा बागलुङमा आएको शिव शिखरले बिभिन्न प्रलोभनमा पारेर बचतकर्ताको अरबौं रुपैयाँ हिनामिना गरेको पीडितको आरोप छ ।
    इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित तीन जनाको सम्पत्ति भने रोक्का भएको छ । अध्यक्ष नेपालीको नाममा रहेको बागलुङ बजारसहित बुर्तिबाङ बजारमा रहेका घरजग्गा रोक्का गरिएको छ । नेपालीसँगै उनकी श्रीमती छेला नेपाली र संचालक चित्रबहादुर भण्डारीको नाममा रहेको घरजग्गा रोक्का भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend