१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

तलबमान वृद्वि नगरेको भन्दै विद्यालय कर्मचारी आन्दोलनमा


जनमञ्च संवाददाता
  • २२ जेष्ठ २०८० , सोमबार

  • तलबमान वृद्वि नगरेको भन्दै विद्यालय कर्मचारी आन्दोलनमा

    बागलुङ, २२ जेठ– सरकारले तलवमान बृद्धि नगरेको भन्दै बागलुङका विद्यालय कर्मचारी आन्दोलित भएका छन् । आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा विद्यालय कर्मचारीको तलवमानको बिषयमा सरकारले कुनैपनि सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
    आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको वुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि गरिने छ भनिए तापनि बजेट भाषणमा उक्त विषयलाई सम्वोधन नगरेको उनीहरुको आरोप छ ।
    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति बागलुङले शिक्षा विकास तथा समन्वय इकाई बागलुङमा ध्यानाकर्षण एवम् जानकारी गराउँदै धर्नाको कार्यक्रम सुरूवात गरेको छ ।
    घोषित कार्यक्रम अनुसार जिल्ला कार्यसमिति अध्यक्ष दामोदर शर्मा पौडेलको हस्ताक्षरित जानकारी पत्र शिक्षा विकास तथा समन्वय इकाई बागलुङका निमित्त प्रमुख विदुर चापागाईलाई वुझाउदै धर्ना कार्यक्रम सुरूवात गरिएको हो ।
    धर्ना कार्यक्रम जेठ २५ गतेसम्म चल्ने र त्यसबाट पनि कर्मचारीको माग सुनुवाइ नभए काठमाडौ केन्द्रित धर्ना कार्यक्रम संचालन गर्ने र त्यसबाट पनि माग सम्वोधन नभएमा सामुदायिक विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend