१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

अन्तरजातिय विवाह छुटाउन प्रभातलाई झुट्टा मुद्दा : दलित समन्वय समिति


जनमञ्च संवाददाता
  • २४ जेष्ठ २०८० , बुधबार

  • अन्तरजातिय विवाह छुटाउन प्रभातलाई झुट्टा मुद्दा : दलित समन्वय समिति

    बागलुङ, २४ जेठ– स्थानीय दलित समन्वय समिति काठेखोला गाउँपालिका बागलुङले हिरासतमा रहेका बागलुङ नगरपालिका–९ तित्याङका प्रभात बस्यालको बिना सर्त रिहाईको माग गरेको छ । बस्याल अपहरण, बलात्कार र शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा छन् ।
    दुई वर्ष देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको जोडीलाई छुटाउने नियतले बस्याललाई बिभिन्न आरोप लगाईएको भन्दै समितिले रिहाईको माग गरेको हो । प्रेमिकालाई अलग गरी अपहरण, बलात्कार र शरीर बन्धक मुद्धामा बस्याललाई पक्राउ गरी मानसिक तथा शारिरीक रुपमा दुःख दिने काम भएकोमा समितिले ध्यानाकर्षण भएको जनाएको छ ।
    यस घटनाले उमेर पुगेका युवा युवतीबीच विवाह गर्न पाउने कानुनी अधिकारलाई ठाडो चुनौती दिदै नेपालको संविधान, ऐन र कानुनी राज्यको खिल्ली उडाउने कार्य भएको भन्दै समितिले रिहाईको माग गरेको हो । प्रभात दलित भएकै कारण गैह्र दलित समुदायकी युवतीसँगको बिबाह सम्बन्धलाई छुटाउन झुट्टा मुद्धा लगाईएको समितिको दावी छ ।
    देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भइसक्दा पनि नेपालको कुल जनसंख्याको भन्दै एक चौथाई मानव समुदायले यस प्रकारको विभेद, भेदभाव र अन्याय झेलिरहनु साँच्चिकै दुखद भएको बिज्ञप्तीमा उल्लेख छ । समितिका संयोजक पूर्णमाया सुनार र सह–संयोजक सरबहादुर परियारद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ– ‘शिक्षित र प्रतिष्ठित व्यक्तिहरुबाटै कानुनको अपव्याख्या गरि दलित समुदाय माथि झुट्टा मुद्दा लगाई दलित समुदायलाई झन् पीडित बनाउने कार्यले समृद्ध देश निर्माण गर्न सकिदैन ।’
    पीडित बस्याललाई विनासर्त रिहाई गरी झुटो मुद्दा तयार गरी अन्तरजातीय विवाह गरेकै कारण जातीय विभेद जस्तो जघन्य अपराध गरेकोमा उजुरीकर्ता एवं घटनालाई मलजल गर्ने पक्षलाई यथाशिघ्र कावाही गर्न बिज्ञप्तीमार्फत माग गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend