१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बेनपामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन


जनमञ्च संवाददाता
  • २८ जेष्ठ २०८० , आइतबार

  • बेनपामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

    म्याग्दी, २८ जेठ– महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरेको छ ।
    आमासमूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
    महिलालाई आर्थिकरुपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिकरुपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् ।
    ‘समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम गरी आयआर्जनका काममा संलग्न गराउन खोजेका छौँ’ लामिछानेले भनिन् ।
    महिला आर्थिक रुपमा सक्षम भएमा हिंसा न्यूनीकरण हुनुका साथै रोजगारी सिर्जना भई आत्मनिर्भर हुने भएकाले समाजमा अगाडि ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख लामिछानेको भनाई थियो । उहाँका अनुसार दुई वटा वडाका तीन÷तीन वटा आमा समूहले आयआर्जन र सीपमूलक काम सुरु गरेका छन् ।
    नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा २० लाख विनियोजन भएकामा कार्यक्रमका लागि नगरपालिकाले वडा नं. ३ र ९ लाई छनोट गरेको छ ।
    बेनी नगरपालिकाको स्वर्गाश्रम, बेलढुंगा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन सुरु गरेका छन् । तीन समूहमा आबद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदानका साथै कुखुरापालन सम्बन्धी तालिम र चल्ला वितरण गर्ने योजना छ ।
    वडा नं. ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाका लागि चप्पल र नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सुरु भएको वडाअध्यक्ष चक्र केसीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend