१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

‘भ्रष्टाचारबिरुद्ध नागरिक सचेत बनौ’


जनमञ्च संवाददाता
  • २८ जेष्ठ २०८० , आइतबार

  • ‘भ्रष्टाचारबिरुद्ध नागरिक सचेत बनौ’

    बागलुङ, २८ जेठ– समाजमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रणका लागि आम नागरिकनै सचेत बन्नुपर्ने बेला आएको सरोकारवालाले बताएका छन् ।
    भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाको आयोजनामा बागलुङको पैयुँपाटामा भएको एक दिने सचेतना कार्यक्रममा सहभागिले नागरिक सचेत नभए भ्रष्टाचार मौलाउने बताए । बागलुङ नगरपालिकाको सहयोगमा संस्थाले शनिवार भ्रष्टाचार बिरुद्ध नागरिक एवं सरोकारवाला सँगको एक दिने सचेतना गरेको थियो ।
    कार्यक्रममा बागलुङ नगरपालिका–१३ का अध्यक्ष नारायण शर्मा पौडेलले बिकास निर्माणका हरेक योजनामा नागरिकको सचेतना आवस्यक परेको बताए । उनले सामाजिक तथा सुशासनका संस्थाले नागरिकलाई सचेत बनाउन सके समाजमा हुने अनियमितता रोक्न सकिने बताए ।
    उक्त अबसरमा भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले भ्रष्टाचारीलाई कडा कारवाही नभएसम्म समाजबाट यस्ता विकृति हटाउन नसकिने बताए । उनले राज्य संयन्त्र पनि कमजोर भएको भन्दै भ्रष्टाचारीलाई संरक्षण गर्दा देश डुब्न लागेको टिप्प्णी गरेका थिए ।
    श्रेष्ठको अध्यक्षता, संस्थाका सचिव रामबहादुर केसीको संचालन र वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य शालिकराम शर्माले नेपालमा बढ्दो भ्रष्टाचार र त्यसको रोकथाम बारे कार्यपत्र प्रस्तुत गरेका थिए । साथै पत्रकार सज्जनकुमार सिंह र प्रकाश बरालले सुशासन, सूचनाको हक र भ्रष्टाचार भएका क्षेत्र र ती क्षेत्रमा पत्रकारले उठाएका बिषयबारे अनुभव प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend